नेप्से ४७ दशमलव ७९ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ४७ दशमलव ७९ अंकले बढ्यो



काठमाडौ,१३ चैत । कारोबारको पहिलो दिन आइतबार नेप्से ४७ दशमलव ७९ अंकले उकालो लागेर बन्द भएको छ । आइतबार इन्स्योरेन्स, जलविघुत र होटेल समुहले बजारलाई उकालो लगाएका हुन । आइतबार कारोबारमा आएका १४३ कम्पनीमा इन्स्योरेन्स कम्पनीले धेरै कमाई गरेको छ । आईतबार कारोबारमा आएका कम्पनी बाट ३६ लाख ५७ हजार १ सय २२ कित्ता शेयर बाट १ अर्ब ७६ करोड १ लाख २५ हजार ६ सय ५६ रुपैयाको कारोबार भएको छ । आइतबार इन्स्योरेन्स समुह २०३ दशमलव ३७ अंकले उकालो लागेको छ । आइतबार जलविघुत समुह १५९ दशमलव ४ अंकले , होटेल समुह ९६ दशमलव ४५ अंकले, विकास बैक समुह ६० दशमलव ९७ अंकले, बैकिड.समुह ४४ दशमलव ४१ अंकले, फाईनान्स समुह २४ दशमलव ७ अंकले र अन्य समुह ६ दशमलव ६५ अंकले उकालो लागेका छ ।

प्रकाशित : १३ चैत्र २०७३, आईतवार ११:०५