नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम



काठमाडौं । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागिता रहेको छ । यस्तै, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, संचारकर्मी लगायतले सहभागिता जनाएका छन् ।

प्राधिकरणले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा बीमा सचेतना मूलक प्रभातफेरि लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार ११:५२