ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान



काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ। बैंकले १५ वर्षसम्म अनवरत रुपमा सेवा गरेका विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होमकुमारी बस्नेतलाई सम्मान गरेको हो।

बैंकको उद्देश्य प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको बैंकले जनाएको छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरे।

ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पणप्रति आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउने कर्मचारीहरूप्रति कृतज्ञता ज्ञापन गरे।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १५:३६