लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित आवेदन दिन सक्ने छन् ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार १५:२६ 10 May, 2024 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।