प्रभू इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रभू इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि



काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ । कम्पनीले सार्वजनीक गरेको विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८ प्रतिशतले ले बढी हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

सोही अवधीसम्म प्रभुको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी पनि २६.८८ रुपैयाँले बढेर ३७.९३ रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि २२४.६७ रुपैयाँ पुगेको छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार १५:२१