प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त



काठमाडौं,११ चैत । प्रभु बैंक (Prabhu Bank Limited) ले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रवन्धक नियुक्तीको सम्झौंतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकको १५औं साधारणसभाले चुक्ता पूँजीको ४० प्रतिशतले हुने २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशनको निर्णय गरेको थियो ।

प्रकाशित : ११ चैत्र २०७३, शुक्रबार ०५:४२