राष्ट्रिय बीमा कम्पनीकाे नाफा २४.७८ प्रतिशतले खुम्चियाे, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्रिय बीमा कम्पनीकाे नाफा २४.७८ प्रतिशतले खुम्चियाे, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको यस अवधिसम्ममा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४.७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ भने रिटेन्ड अर्निङमा तीन अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा एक अर्ब ११ करोड रकम छ।

कम्पनीको बिमा शुल्क संकलन ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १३:५२