प्रभु बैंकका कर्मचारीलाई स्वस्तिक हेल्थ केयरमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रभु बैंकका कर्मचारीलाई स्वस्तिक हेल्थ केयरमा विशेष छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट दिने भएको छ ।

एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । दुई पक्षीय समझदारी अनुसार छुट सुविधाका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । साथै छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायत स्वास्थ सेवाहरु उपलब्ध गराउने जनाएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्मको छुट व्यवस्था रहेको स्वस्तिक हेल्थ केयर सेन्टरले जनाएको छ ।

यस्तै, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ । प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरु छन् । २ सय ८५ एटीएम र ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १८:१८