तेह्रथुम पावर कम्पनी एक करोड ९६ लाख नोक्सानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तेह्रथुम पावर कम्पनी एक करोड ९६ लाख नोक्सानमा



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा तेह्रथुम पावर कम्पनी १ करोड ९६ लाख ५३ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यसै अवधिमा कम्पनी २ करोड ७८ लाख रुपैयाँ नोेक्सानमा रहेको थियो ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ५‍.७४ प्रतिशतले बढेर १० करोड २४ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष विद्युत् बिक्रीबाट यसले ९ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको सञ्चालन नाफा पनि १०।०२ प्रतिशतले बढेर ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ५ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा बढाउँदा कम्पनीले गत वर्षको तुलनामा नोक्सानी घटाउन सफल भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । जगेडा कोष १६ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५९ रुपैयाँ छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १४:१६