घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ राष्ट्र बैंकका नीतिहरु उन्मुख छन्ः पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ राष्ट्र बैंकका नीतिहरु उन्मुख छन्ः पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन आजको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ राष्ट्र बैंकका नीतिहरु उन्मुख गराएको बताए । राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको बताए । पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताए ।

राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ नीतिहरु उन्मुख गराएको पौडेलले बताए । राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको उनले बताए । व्यवस्थित रुपमा कारोबार गर्ने व्यवसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको उनको भनाइ छ ।

निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाइ रहेको बताए । असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति,अपरदर्शी र राज्यको राजस्व गुम्ने उनले बताए ।

अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको उनको भनाइ छ । औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको पौडेलले बताए ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १७:५५