नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु चयन



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु चयन भएका छन् । कम्पनीको गत वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति रहेका मलेकुलाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको वैशाख १८ गते सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीमा तानसेन न.पा. १, पाल्पाका चन्द्रमान मलेकु र सिरान्चोक ८, गोरखाका टेकनाथ ढकाललाई निर्बिरोध निर्वाचित गरेको थियो । साथै सर्बसाधारण शेयरधनीको समूहबाट तारकेश्वर – ३, नुवाकोटका गणेशमान प्रधान र बोर्लाङ – ८ गोरखाका पुकार थापालाई निर्बिरोध निर्वाचित गरेको थियो।

साधारणसभा सम्पन्न भएपछि बसेको बैंकको संचालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा चयन गरेको हो ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १७:०७