मुक्तिनाथ विकास बैंकले ग्रीण हाइड्रोजन इन्धन अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसंग सहकार्य गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकले ग्रीण हाइड्रोजन इन्धन अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसंग सहकार्य गर्ने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्रीण हाइड्रोजन इन्धन अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसंग सहकार्य गरेको छ ।

दिगो विकासमा टेवा पुग्ने उदेश्यले एक कार्यक्रमका बीच बैंकले काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको ग्रीण हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीण हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारी सहभागी थिए । हाल यस ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनालाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्धत पुग्ने विश्वास लिएको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १६:३३