चन्द्रागिरि साकोसको तेस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकोसको तेस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न



काठमाडौं । चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक समिक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ ।

गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखासुपरिवेक्षण समिति र कर्मचारी व्यवस्थापन लगायत सहभागी थिए ।

परिवार सहभागी २०८० चैत्र मसान्तसम्मको संस्थाको यथार्थ अवस्थाको समिक्षा गर्दै आगामी लक्ष्य र कार्यक्रमहरुको पुनरावलोकन गर्नुको साथै आगामी दिनको लागि थप कार्यदिशाहरु तय गरिएको थियो ।

संस्थामा चैत मसान्तसम्म संस्थामा २० हजार ३८४ जना सदस्य आबद्ध छन् । २० करोड ४४ लाख शेयर पुँजी, २ अर्ब ९० करोड बचत, २ अर्ब ३१ करोड ऋण लगानी र १० करोड ५१ लाख संस्थागत पुँजी सहित कुल सम्पत्ति ३ अर्ब ५१ करोड रहेको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:५१