सुदूरपश्चिममा आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृदि तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सुदूरपश्चिममा आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृदि तालिम सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको टिकापुरमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिमा मार्फत १३० जना अभिकर्ताहरुलाई तालिम प्रदान गर्नुका साथै सम्मान प्रदान गरेको हो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गरेको उक्त कार्यक्रममा तालिम विभाग प्रमुख सुनिल आचार्य, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले युवा संग आइएमई लाइफ भन्ने नाराका साथ युवाहरुलाई अभिकर्ता पेशाको महत्वका साथै उज्ज्वल भविष्य रहेको जानकारी गराउँदै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज विधिहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए ।

साथै उनले लगनशीलता तथा इमान्दारिताका साथ कार्य गर्दा अभिकर्ता पेशाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए र युवाहरुलाई स्वदेश मै रहि जीवन बीमामा ढुक्क सङ्ग काम गर्न अनुरोध गरेका छन् ।

कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गतका टिकापुर, लम्की, भजनी, सुखड र गुलरिया ९ बर्दियाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको शाखा प्रमुख बासु चौधरीले बताए । कार्यक्रम संचालन टिकापुर शाखा प्रमुख अर्जुन चौधरीले गरेका थिए ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:०६