माण्डु हाईड्रोपावरकाे खुद नाफा १२.३१ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माण्डु हाईड्रोपावरकाे खुद नाफा १२.३१ प्रतिशतले बढ्याे



काठमाडौं। माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १२.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम गत आवको तुलनामा २.८३ प्रतिशतले कम हो । यस्तै कम्पनीको वित्त खर्च १७ करोड १३ लाख र सामाजिक उत्तर दायित्वअन्तर्गत २२ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । एक अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम शिर्षकमा १७ करोड पाँच लाख रुपैयाँ छुट्टाएको छ ।

कम्पनीले कर्मचारीको तलब तथा सेवा सुविधाका लागि दुई करोड २६ लाख, सञ्चालन तथा मर्मतका लागि चार करोड ९८ लाख र कम्पनीको प्रशासनिक सञ्चालनका लागि ५३ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ३६.९६ प्रतिशतले बढेर ४२ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ३३ लाख रुपैयाँ र कुल चालु दायित्व नौं करोड ७४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.६६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४३.५३ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार १२:५२