बैंकको निक्षेप एकैदिन तीन अर्बले बढ्यो, कति पुग्यो कर्जा लगानी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकको निक्षेप एकैदिन तीन अर्बले बढ्यो, कति पुग्यो कर्जा लगानी ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार वैशाख १७ मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तीन अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ६१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

वैशाख १७ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप चार अर्ब रुपैयाँले बढेको छ। वैशाख १६ सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा वैशाख १७ सम्म बढेर ५४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो।

यसैगरी वैशाख १७ गते बैंकहरुको कर्जा लगानी दुई अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी बढेर ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब चार अर्ब रुपैयाँ थियो।

वैशाख १७ मा बैंकहरुको औसत सीडी रेसियो ८०.७६ प्रतिशत र अन्तरबैंक ब्याजदर २.६९ प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.७८ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत थियो।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार १२:३४