सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले २०८० फागुन २ गतेदेखि २२ गते सम्म निष्कासन गरेको हकप्रद सेयर सूचीकृत गराएको छ ।

कम्पनीको कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : २० बैशाख २०८१, बिहीबार १३:५१