प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन



काठमाडौं । बिहीबार सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार एकैदिन २७ सय रुपैयाँले घटेको थियो । तर, आज भने बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार भने २ लाख ३४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघले आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३५ हजार ८५० रुपैयाँ तोकेको छ ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । योसँगै आजका लागि चाँदीको कारोबार मूल्य १ हजार ६४५ रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ६३० रुपैयाँ किनबेच भएको थियो ।

प्रकाशित : २० बैशाख २०८१, बिहीबार १२:०१