सिवाईसी नेपाल लघुवित्तकाे नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिवाईसी नेपाल लघुवित्तकाे नाफामा उल्लेख्य सुधार



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० करोड ७३ लाख २७ हजार रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ करोड २७ लाख रुपैंया पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार ११:५२