चैत १३ देखि मेगा बैंकको हकप्रद शेयर लिलाममा, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चैत १३ देखि मेगा बैंकको हकप्रद शेयर लिलाममा, कहाँबाट दिने आवेदन ?



काठमाडौं, १० चैत । मेगा बैंक लिमिटेडले चैत १३ गतेदेखि ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंगले जनाएको छ ।

बैंकको शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् । बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।

बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ । यदि सो दिन सार्वजानिक बिदा परेमा कार्यलय खुलेको दिनको ४ बजे खोलिने जनाइएको छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०५:३६