हिमालयन लघुवित्तकाे नाफा एक करोड १३ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लघुवित्तकाे नाफा एक करोड १३ लाख रुपैयाँ



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा एक करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ६५ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढाएको छ । संस्थाको खुद ब्याज आम्दानी १५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाले एक करोड ६२ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च १३ करोड १४ लाख र अन्य सञ्चालन खर्च चार करोड १९ लाख रुपैयाँ रहेको छ ।

संस्थाको रिजर्भको आकार नौं करोड ८७ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ९२ करोड ९४ लाख र कर्जा प्रवाह चार अर्ब नौं करोड रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९१ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६१ प्रतिशतमा सीमित बनेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १७ लाख ६० हजार रुपैयाँ छुट्टाएको छ ।

संस्थाको वितरणयोग्य मुनाफा ६२ लाख नाै हजार मात्रै रहेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस० ४.७५ रुपैयाँ,प्रतिसयर नेटवर्थ १२६.४६ रुपैयाँ रहेको छ ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलवार १२:४७