नेसनल हाइड्रोपावर सवा करोड नोक्सानीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेसनल हाइड्रोपावर सवा करोड नोक्सानीमा



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल हाइड्रोपावरले एक करोड १४ लाख ९७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले दुई करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको वित्तीय खर्च घटेसँगै खुद नोक्सानीमा पनि कमी आएको हो । गत वर्ष एक करोड १२ लाख ९१ हजार रुपैयाँ रहेको वित्तीय खर्च यो वर्ष ७२ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी सामान्य बढेको छ । गत वर्ष यसैअवधिमा विद्यत् बिक्रीबाट दुई करोड ९१ लाख ४१ हजार रुपैयाँ रहेको बिद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष दुई करोेड ९१ लाख ६३ हजार मात्रै पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा नेसनल हाइड्रोपावरको चुक्ता पुँजी दुई अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक करोड ५० लाख ७७ हजार रुपैयाँ छ ।

यस कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी ०.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१.३३ पैसा छ ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार १२:२१