राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आजै बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।

डा.शिव हरी श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । डा. श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् ।

श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार १४:१६