यूनाइटेड अजोड इन्स्योरेन्सकाे एक लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले पाउँछन् किन्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यूनाइटेड अजोड इन्स्योरेन्सकाे एक लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले पाउँछन् किन्न ?



काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता गरी कुल एक लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार १२:२०