निष्क्रिय कर्जा घटेपछि गुराँस लघुवित्तको नाफा धनात्मक, अन्य सूचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निष्क्रिय कर्जा घटेपछि गुराँस लघुवित्तको नाफा धनात्मक, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुइ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनी ५४ लाख ९१ हजार नोक्सानीमा थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा तीन करोड ४० लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीले लोन लस प्रोभिजनका लागि छुट्याएको ५९ लाख रुपैयाँ फिर्ता लिएको छ, जसले गर्दा नाफामा उच्च वृद्धि देखिन पुगेको छ ।

कम्पनीकाे निष्क्रिय कर्जामा पनि सुधार देखिएको छ । पहिले कुल कर्जामा निष्क्रिय कर्जाको अंश ६.८९ प्रतिशत रहेकोमा अहिले २.६९ प्रतिशतमा झरेको छ । कम्पनीको आधार दर १३.९९ प्रतिशत छ ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलवार १३:५५