डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीइओमा मन्जिला डंगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीइओमा मन्जिला डंगोल



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्जिला डंगोल नियुक्त भएकी छिन्। व्यवस्थापनमा स्नातकोत्तर गरेकी डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

अनुसंधान तथा विकास , जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास लिएको एशोसिएसनले जनाएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको जानकरी दिएको छ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलवार ११:३६