कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडाैं । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मेडिकल कलेजका २ सय जना विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त वित्तीय कार्यक्रमसँगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीहरुको संयुक्त हाइकिङ कार्यक्रम राखिएको थियो ।

पोखराको ड्यामसाईडदेखि विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ कार्यक्रममा बैंकका उच्च व्यवस्थाकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमपश्चात गण्डकी मेडिकल कलेज र कामना सेवाविकास बैंकबीच सेवा छुट सम्वन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौतापश्चात कामना सेवाविकास बैंकका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोवाईल बैंकिङ सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त छुटसम्वन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १८:३४