प्रभु बैंकको संचालकमा डिस होमका सिइओ मानान्धर र सिंह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको संचालकमा डिस होमका सिइओ मानान्धर र सिंह



काठमाडौं । प्रभु बैंकले दुई संचालक नियुक्ति गरेको छ । बैंकको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले अंगिर मान सिंह र तारा मानान्धरलाई संचालकमा नियुक्ति गरेको हो ।

सिंह र मानान्धरलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । मानान्धर डिस होम मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) हुन् ।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र संचाल प्रा.डा. गीता प्रधानले पदमा राजिनामा दिएका छन् । उनीहरुको राजिनामा शुक्रबार स्वीकृत भएको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १०:५९