कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा गिरावट



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा ३३.०८ प्रतिशतले घटेर ८७ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेको र खराब कर्जा वृद्धि भएसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेकाले नाफा प्रभावित भएको हो।

खुद ब्याज आम्दानी ६.९५ प्रतिशत बढेर ६ करोड ५८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २६ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ३३.०८ प्रतिशतले घटेर १ करोड २४ लाख ६३ हजार रुपैयाँ सीमित भएको छ ।

खराब कर्जा ०.७७ प्रतिशत विन्दुले बढेर ४.९५ प्रतिशत पुगेको छ । गत वर्ष २ करोड १४ लाख ६२ हजार रुपैयाँ रहेको इम्पयरमेन्ट चार्ज यो वर्ष ३ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार १२:५१