खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा असर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा असर



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार यस अवधिसम्म कम्पनीको खुद नाफा ३३.०५ प्रतिशतले घटेर १३ करोड दुई लाख ६० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएपछि कम्पनीको खुद नाफामा पनि गिरावट आएको हो । यस अवधिमा खुद ब्याज आम्दानी २०.३३ प्रतिशतले घटेर २५ करोड ३० लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । साथै, सञ्चालन नाफा पनि ३२.४० प्रतिशतले घटेर १८ करोड ७८ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी एक अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी आठ रुपैयाँ ५२ पैसाले घटेर १४ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८३ पैसा छ ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार ११:०७