नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आवको साेही अवधिकाे तुलनामा ७.५२ प्रतिशतले बढी हाे । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे ।

बैंकको खुद ब्याज आम्दानी पनि ४१.५३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कुल संचालन आम्दानी पनि ३८.५७ प्रतिशत बढेर १३ अर्ब १ करोड १ लाख रुपैयाँ कायम भएको छ भने खुद संचालन आम्दानी पनि १४.६६ प्रतिशत बढेर ९ अर्ब ९६ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेकाे छ भने जगेडा कोषमा २९ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ कायम छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा ०.८३ प्रतिशत बिन्दुले घटेर १.१२ प्रतिशत कायम भएको छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५७ पैसा रहेकाे छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १३:०४