शुभप्रवा सेभिङ्गको वित्तीय अबस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभप्रवा सेभिङ्गको वित्तीय अबस्था कस्तो छ ?



काठमाडाैं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. को वित्तीय अवस्था मजबुत देखिएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तको वित्तीय विवरण अनुसार संस्थाको वित्तीय अवस्था बलियो देखिएको हो ।

विवरण अनुसार संस्थामा पर्याप्त तरलता कायम रहेको छ । चैत्र मसान्तमा संस्थामा २०.९ प्रतिशत अर्थात १० करोड ३ लाख ६५ हजार तरलता रकम रहेको प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले बताए । फागुन मसान्तमा संस्थासँग १७.३२ प्रतिशत अर्थात् ८ करोड १६ लाख २१ हजार तरलता कायम थियो । पछिल्लो समय आर्थिक गतिविधिमा आएको सामान्य सुधार र सहकारीप्रति सदस्यको विश्वासले संस्थामा तरलता वृद्धि भएर गएको हो ।

संस्थामा यस अवधिमा ८ करोड ७६ लाख ५९ हजार शेयरपुँजी, ४ करोड ४३ लाख ८५ हजार जगेडा कोष, ४ करोड ५९ लाख ३४ हजार कुल संस्थागत पुँजी र ७ करोड ५३ लाख ८६ हजार विभिन्न कोषमा रकम रहेको छ ।

त्यसैगरी गरी सो अवधिमा संस्थाले ४९ करोड ९६ लाख १२ हजार बचत संकलन गरी ४६ करोड ७७ लाख ७३ हजार ऋण प्रवाह गरेको छ । संस्थाकाे कुल वासलात ७४ कराेड १९ लाख १६ हजार पुगेकाे छ।

संस्थामा १४६१ जना सदस्य रहेका छन् भने त्यसमध्ये ५२० जना सदस्यले ऋण लिएका छन् । कुल सदस्यमध्ये ३३ प्रतिशत सदस्यले ऋण उपभोग गरेको सहकारी संस्थाका लागि उपय सुरक्षित मानिन्छ । शुभप्रवामा ऋण उपभोग गर्ने सदस्यको संख्या ३५.५ प्रतिशत देखिएको छ । धेरै सदस्यमा ऋण प्रवाह हुँदा लगानी विविधिकरण हुनुका साथै ऋणी सदस्यको ऋणको भार पनि कम हुनुका साथै ऋण असुली चाप पर्दैन । संस्था सुरक्षित हुनका लागि आन्तरिक सुशासन सँगै सुरक्षित ऋण लगानी पनि मुख्य रहन्छ । संस्थाले धेरै सदस्यमाझ ऋण प्रवाह गरेकाले संस्था सुरक्षित रुपमा अगाडि बढेको देखाउँछ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १७:१२