आइएमई लाइफले दियो एकै महिनामा १ करोड बढी दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफले दियो एकै महिनामा १ करोड बढी दावी भुक्तानी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिनामा १ करोड बढी दावी भुक्तानी दिएको छ ।

कम्पनीले चैत महिनामा मात्रै १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । चैतमा कम्पनीले कुल २८ वटा बीमालेखहरु सो बराबरको रकम दावी भुक्तानी दिएको जनाएको छ ।

बीमितमैत्री सेवामा अब्बल कहलिँदै आइएमई लाइफ, मासिक कति गर्छ दावी भुक्तानी ?

गत फागुनमा पनि कम्पनीले ३५ वटा बीमालेखमा १ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो । दावी परेको छोटो समयमा नै आइएमई लाइफले भुक्तानी गर्ने गरेको हो । ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १३:१६