बिहीबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिहीबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

सरकारले हरेक वर्षको ईद(उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १४:५८