आठ महिनामा विकास बैंकले कमाए साँढे तीन अर्ब खुद नाफा, चार बैंक घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आठ महिनामा विकास बैंकले कमाए साँढे तीन अर्ब खुद नाफा, चार बैंक घाटामा



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विकास बैंकहरुले तीन अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म १७ विकास बैंकहरुले सो बराबरको नाफा कामाएका हुन्।

जसमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा साईन रेसूगां डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी, महालक्ष्मि विकास बैंकले ४० करोड, कामना सेवा विकास बैंकले ३८ करोड र लुम्बिनी डेभलपमेन्ट बैंकले २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यसैगरी ज्योति विकास बैंकको २५ करोड ७७ लाख रुपैंया, सांग्रिलाको २१ करोड ४९ लाख रुपैंया नाफा कमाएका छन्।

चार वटा विकास बैंक घाटामा

यो अवधिमा चार वटा विकास बैंकले घाटा व्योहोरेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । एक्सेललाई यो आठ महिनामा २४ करोड बढी घाटा लागेको छ भने सप्तकोसि विकास बैंकलाई १३ करोड ६२ लाख रुपैयाँ खुद घाटा लागेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले सात ७४ लाख ७० हजार रुपैंया र सालपा विकास बैंकले पनि यस अवधिमा २५ लाख ८० हजार रुपैंया घाटा व्यहोरेको छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १४:५२