प्रभु बैंकको वार्षिक साधारण सभा वैशाख २० गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको वार्षिक साधारण सभा वैशाख २० गते, बुक क्लोज कहिले ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी वैशाख २० गते बिहिबार काठमाडौंको बबरमहल स्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलवार १४:३६