बैंकिङ क्षेत्रलाई मिडियाकाे सहयाेग चाहियाे: अध्यक्ष केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ क्षेत्रलाई मिडियाकाे सहयाेग चाहियाे: अध्यक्ष केसी



काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रलाई मिडियाले सहयाेग गर्नुपर्ने बताएका छन् ।

बिहीबार संघले आयाेजना गरेको मिडिया भेटघाट कार्यक्रममा बाेल्दै अध्यक्ष केसीले अर्थतन्त्त्रमा बैंकिङ क्षेत्रकाे भूमिका महत्त्वपूर्ण रहेको र बैंकिङ क्षेत्रलाई बलियो बनाउन मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन् ।

बैंकिङ क्षेत्रले अर्थतन्त्रमा पुर्याएकाे भूमिकाबारे बुझिदिन पनि अध्यक्ष केसीले आग्रह गरेका छन् । अध्यक्ष केसी बाेल्नु अघि संघका कार्यकारी निर्देशक अनिल शर्माले प्रस्तुति राखेका थिए ।

शर्माले कुनै बैंकको बारेमा नकारात्मक समाचार आउदा त्यसले समग्र बैंकिङ क्षेत्रमा असर गर्ने बताए । उनले समाचार लेख्दा सत्यतथ्य बुझेर मात्रै लेखिदिन अनुराेध गरेका छन् ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार १३:२४