वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्बको बीमा शुल्क संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्बको बीमा शुल्क संकलन



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट एक अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आठ महिनामा १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख नाै‌ हजार ३५१ रहेको छ। जसमा सबैभन्दा बढी बीमालेख संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। सन् नेपालले पछिल्लो आठ महिनाको अवधिमा ४९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

धेरै संकलन गर्नेमा दोस्रो नम्बरमा रहेको नेपाल लाइफले ४३ करोड ५३ लाख रुपैयाँ, तेस्रोमा रहेको आइएमई लाइफले २२ करोड ६४ लाख रुपैयाँ, चौथोमा रहेको एसियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, पाँचौंमा रहेको नेशनल लाइफले १७ करोड ५१ लाख

रुपैयाँ, छैटौंमा रहेको सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ, सातौंमा रहेको सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख रुपैयाँ र आठौंमा रहेको रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख रुपैयाँ, नवौं स्थानको सिटिजन लाइफले सात करोड ४४ लाख रुपैयाँ र अन्तिममा रहेको प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।

प्रकाशित : २२ चैत्र २०८०, बिहीबार १३:२४