लगानीमा पहुँच वृद्धि गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

लगानीमा पहुँच वृद्धि गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य भएको छ। बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न बैंक र क्यापिटलबीच सहकार्य भएको जनाइएको छ।

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना-एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको बैंकले जनाएको छ।

बैंकका अनुसार देशभर रहेका लगानीकर्ताहरुको एनआईसी एसिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भइ वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वाससमेत लिइएको छ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरुमार्फत प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार ११:१८ 3 April, 2024 11:18 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।