जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । चैत्र १८ गते आइतबार दुई संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको हो ।

यी दुई संस्थाबीच गत साउन ९ गते मंगलबार मर्जरको प्रारम्भिक सम्झौता भएको थियो। यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ ।

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार १२:१३