नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रक्रिया स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रक्रिया स्थगित



काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निर्वाचन प्रक्रिया स्थगित भएको छ । आगामी चैत २० गते सञ्चालन आयोजना हुन लागेको ३७ औं वार्षिक साधारण सभामा प्रस्ताव गरिएको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको निर्वाचन स्थगित भएको हो ।

उक्त सभामा सामान्य प्रस्तावको बूँदा नं. ५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट चैत १८ गते मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न अन्तरिम आदेश भएकाले उक्त निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १७:२५