गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ ।

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रदान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उदेश्यले फ्याक्ट्री भिजिट पनि गराइएको कम्पनीले जनाएको छ ।

सहभागी सबैलाई सर्टिफिकेट र खादा ओढाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने,‘ मेकानिक्स साथीहरुको सिप विकाशमा हामी हरदम प्रतिवद्ध छौं र यहि अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि सञ्चालन हुनेछन् ।’

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १७:१८