सांग्रिला डेभलपमेन्ट बैंकलेको स्थापक शेयर बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकलेको स्थापक शेयर बिक्री



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकका संस्थापक शेयरधनी अर्जनु भट्टराईको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

आफूले खरिद गर्न चाहेको कित्ता उल्लेख गरी आवेदन बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आइपुग्ने गरी शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

हाल यो शेयरमा विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र बिक्री नभएमा प्रचलित नियमानुसार सर्वसाधारणका लागि खुला हुनेछ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार ११:२७