सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामै २१ सय रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामै २१ सय रुपैयाँ बढ्यो



काठमाडौं । सुनको भाउ फेरि ऐतिहासक उचाईमा पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ एकैदिन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ ।

योसँगै नेपाली बजारमा सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । बिहीबार पनि एकैदिन १ हजार १०० रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ पुगेको थियो । एक दिनमै मूल्य वृद्धिले रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २९ हजार ४०० रुपैयाँ तोकिएको छ।

साताको अन्तिम कारोबार दिन चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँ पुगेको छ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार ११:१५