नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहीबार १६:४५