बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओ सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओ सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरुलाई सम्मानित गरेको छ । बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओहरुलाई सम्मानित गरेको हो ।

बिहीबार संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितीमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । सम्मान कार्यक्रमले बीमा क्षेत्रका कर्मचारी लगायत योगदान पुर्याउने मानिसहरुलाई हौसला प्रदान हुने संघको भनाई छ ।

जीवन बीमक संघ नेपालले पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको छ । कार्यक्रममानिर्मल ढकाल र एलपी दासको उपस्थिती भएनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित गरी आउने समयमा पनि उहाँहरुको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडी बढाउनु पर्ने बताए । साथै, उनले बीमा क्षेत्रलाई विकास गर्न र यसको दायरा अगाडी बढाउन योगदान पुर्याएका पूर्व सीईओहरुलाई धन्यवाद पनि व्यक्त गरे ।

‘समग्र रुपमा बीमा क्षेत्रमा लामो समयदेखि कार्य गरी रहेका तथा नेपालको बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने कर्मचारी तथा पूर्व सीईओहरुलाई सम्मानित गर्नु आवश्यक रहेको छ’ जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले बताए । साथै उनले पूर्व सीईओहरुलाई सम्मान गरी एउटा राम्रो संस्कारको विकास समेत गरेको जिकिर गरे ।

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल लाइफका सीईओ प्रविण रमण पराजुली, सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री तथा रिलायबल नेपाल लाइफका सीईओ नारायण बाबु लोहनी सहभागि थिए ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार १४:५७ 28 March, 2024 2:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।