सुनको मूल्यमा नयाँ इतिहास, हाल सम्मकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा नयाँ इतिहास, हाल सम्मकै उच्च



काठमाडाैं । बिहिबार सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ६५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार ११४ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९४.५ रुपैयाँ तोकेको छ।

प्रकाशित : १५ चैत्र २०८०, बिहीबार ११:५१