आठ महिनामा जीवन बीमा कम्पनीद्धारा साढे ९८ अर्ब बीमा शुल्क संकलन, नेपाल लाइफको सबैभन्दा धेरै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आठ महिनामा जीवन बीमा कम्पनीद्धारा साढे ९८ अर्ब बीमा शुल्क संकलन, नेपाल लाइफको सबैभन्दा धेरै



काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्ममा साढे ९८ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांक अनुसार तीन वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १८ अर्ब ७२ करोड ५१ लाख ९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने ७९ अर्ब ८६ करोड ५५ लाख ५२ हजार रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ।

कुल बिमा शुक्लमध्ये तीन वटा लघु जीवन बिमा कम्पनीको हिस्सा पाँच करोड ८९ लाख ८९ हजार रुपैयाँ मात्र रहेको छ ।

यस समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा यस कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । एलआइसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले पाँच अर्ब ७० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब २३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । एशियन लाइफले पाँच अर्ब १५ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले तीन अर्ब ८० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सिटिजन लाइफले तीन अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । मेट लाइफले तीन अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । आइएमई लाइफले दुई अर्ब ८२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले दुई अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सन नेपाल लाइफले दुई अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार ११:२५