काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ ।संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित व्यवस्थापन समूहमा संयोजक पदपूर्ति गर्न सूचना आह्वान गरेको हो ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ ।
न्युनतम सेवा अवधि एक वर्ष रहने र ६/६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । मासिक पारिश्रमीक १ लाख २६ हजार ३ सय रुपैयाँ दिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
Comment