ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। ग्लोबल मनि विकको अवसरमा बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमाको अवसरमा‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकका पोखरा, बुटवल,इटहरी, काठमाण्डौ, नारायणगढ क्षेत्रलगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

बैंकले ११२ शाखा कार्यालयहरु, ३० एटिएममातर्फ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार १६:४५